एमालेकाे भाेलि, माओवादीकाे १६ गते

एमालेकाे भाेलि, माओवादीकाे १६ गते

सत्तारुढ नेकपा एमालेको हाइकमाण्ड भनिने सचिवालय बैठक बस्ने तय भएको छ । भोलि दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो । 

आगामी भदौ २०, २१ र २२ गते गोदावारीमा हुने विधान महाधिवेशनको तयारीका सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ । बैठककले साउन २ गते बस्ने पोलटब्युरो र साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कमिटीको बैठक एजेण्डासमेत तय गर्नेछ । 

यता, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा साउन १६ गते बैठक गर्ने तय भएको हाे । 

असार २६ गते बसेको पदाधिकारी बैठकले साउन दोस्रो हप्ताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेकोमा सोहीअनुसार मिति तय गरिएको सो पार्टीले जनाएको छ । स्थायी समिति बैठकमा पार्टी अभियान, केन्द्रीय कमिटीको बैठक तयारी, आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ ।

टिप्पणीहरू