एनसेलद्वारा ‘लिग अफ क्रिएटर्स’ का विजेतालाई पुरस्कार

एनसेलद्वारा ‘लिग अफ क्रिएटर्स’ का विजेतालाई पुरस्कार

दूरसञ्चार सेवा प्रदायक एनसेलले ‘लिग अफ क्रिएटर्स’ का विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ । अपट्रेन्डलीसँगको सहकार्यमा हालै सम्पन्न उक्त प्रतियोगिताका विजेता पाँच जनालाई तोकिएको पुरस्कार वितरण गरिएको हो । 

एनसेलका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल ललितपुरका अमन महर्जनलाई दश लाख रुपैयाँ बराबरको एक वर्षे ब्रान्ड डिल प्रदान गरिएको छ । आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेकोमा पाँच लाखको ब्रान्ड डिल जितेकी छन् ।

  

तेस्रो स्थान प्राप्त गरेका बागलुङका मनिष रुचेललाई साढे दुई लाख र चौथो बनेका बुटवलका प्रशान्त पौडेललाई एक लाखको ब्रान्ड डिल पुरस्कार प्रदान गरिएको छ। देशभरका डिजिटल स्टोरी टेलर्सलाई सशक्त बनाउने उद्देश्यसाथ एनसेलले आयोजना गरेको लिग अफ क्रिएटर्समा सहभागी हुन प्राप्त भिडियोमध्ये उत्कृष्ट ५० जना क्रिएटरलाई छानिएको थियो ।

 

उनीहरुलाई १०–१० जनाको समूहमा मेन्टरमार्फत विशेष प्रशिक्षण र मेन्टरसिप प्रदान गरिएकोमा प्रतिमा अधिकारीको टिममा रहेका महर्जन विजेता बनेका हुन् । एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले ब्रान्ड डिलले पुरस्कृतहरुलाई कन्टेन्ट क्रिएसनमा अझै निखारिएर अगाडि बढ्न प्रेरणा दिने बताए । साथै, प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पुर्याउने मेन्टरहरुप्रति पनि धन्यवाद व्यक्त गरे ।

टिप्पणीहरू