साफ यु-२० महिला च्याम्पियनसिप:श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा
काठमाडौं। बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले तेस्रो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा श्रीलंकालाई ७-० गोलले हराउँदै नेपालअंक तालिकाकोशीर्ष स्थानमा उक्लिएको छ।
बसुन्धरास्पोर्ट्स मैदानमाभएको खेलमा नेपाललाई जित दिलाउन समिक्षा मगरले दुई गोल गर्दा पुर्णिमा राई, कुशुम खतिवडा, सरिता नाथ रविर्शना चौधरीले समान एक/एक गोल गरे । नेपालले एक गोल उपहार पाएको हो ।खेलको १६ औँ मिनेटमा पुर्णिमाले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।
३५ औँ मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ४२ औँ मिनेटमा सरिताले गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाइन् । ४४ औँ मिनेटमा श्रीलंकाका खेलाडीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्दा नेपाल पहिलो हाफमा ४-० गोलले अगाडि बढेको थियो ।
६७औँमिनेटमा विर्शनालेपेनाल्टीमा गोल गर्दै नेपाललाईफराकिलो जिततर्फ अगाडि बढाएकी थिइन्। ७४ औँ मिनेटमा समिक्षा मगरले गोल गर्दै नेपाललाई ६-० गोलको अग्रता दिलाइन् । यस्तै ७८ औँ मिनेटमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७-० गोलको जित दिलाएकी हुन् ।
जितसँगै नेपाल चार खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहीन श्रीलंका पुछारमा यथावत छ ।
टिप्पणीहरू