प्रचण्ड भेटेको भोलिपल्टै भंगाल पुगेका शेखरसँग विद्याद्वारा सहयोगको अपेक्षा

प्रचण्ड भेटेको भोलिपल्टै भंगाल पुगेका शेखरसँग विद्याद्वारा सहयोगको अपेक्षा

सक्रिय राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । 

नेकपा एमालेको सचिवालय बैठकमा पूर्व राष्ट्रपतिको राजनीतिक पुनरागमनलाई लिएर गरमागरम बहस चलेको भोलिपल्ट आज बिहान कोइराला विद्या निवास भंगाल भेट्न पुगेका थिए । उनीहरुबीच एक घण्टा कुराकानी भएको सम्वद्ध स्रोतले जनाएको छ ।

भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आएको जानकारी गराउँदै कोइरालासँग सहयोगको अपेक्षा गरेको बुझिएको छ । कोइरालाले पनि त्यसलाई सहज रुपमा लिँदै सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । 

नेपाली काँग्रेसमा संस्थापन इतर खेमाको नेतृत्व गर्ने कोइरालाले हिजो माओवादी अध्यक्ष प्रचण्डसँग खुमलटारमा दुई घण्टा लामो वार्ता गरेका थिए । कांग्रेस–एमाले गठबन्धन सरकारको विपक्षमा रहेका उनी हिजो खुमलटार र आज भंगाल पुगेपछि राष्ट्रिय राजनीति तरंगित भएको छ ।

टिप्पणीहरू