चीनको पठारमा ‘तरल सुन’ को बासना
तस्बिरःसिजिटिएन
विश्वप्रसिद्ध दमास्क जातको गुलाफ फूलको तेल चीनमा लोकप्रिय बनेको छ । सिचुआन प्रान्तको सियाओजिन काउन्टीमा तीन हजार मीटरको उचाइमा फुलाइएको गुलाफको सुगन्धले समृद्धि ल्याएको छ ।
ती गुलाफका फूलले अद्वितीय महिमा मात्र बढाएको छैन स्थानीयको जीवनमा आर्थिक रुपान्तरण गरिरदिएको छ । ‘तरल सुन’ भन्न थालिएको उक्त तेल विश्वमा निकै महँगो ठानिन्छ ।
परम्परागत रूपमा बुल्गेरिया, टर्की र इरानमा मात्र उब्जिने उक्त गुलाब अहिले चीनको सिजाङ पठारमा फैलिएको छ । जहाँ एक हजार हेक्टर गुलाफका बगैंचाले हजारौं स्थानीय किसानलाई रोजगारी र समृद्धिको नयाँ अवसर प्रदान गरेको छ ।
खेतीमा धेरैजसो तिब्बती महिला, वृद्ध गाउँले र अपाङ्गता भएका व्यक्तिहरू संलग्न छन् । यसले समृद्धि केवल ठूलो मेहनत र परिश्रमबाट मात्रै होइन, समावेशीता र समुदायको सहयोगबाट पनि सम्भव छ भन्ने पुष्टि गरेको छ ।
टिप्पणीहरू