एभरेष्ट महिला भलिबल लिग अक्सन : कुन टोलीमा कुन खेलाडी ?

एभरेष्ट महिला भलिबल लिग अक्सन : कुन टोलीमा कुन खेलाडी ?

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको अक्सन सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न अक्सनमा ६ फ्रेन्चाइज टोलीले ४२ खेलाडी अनुबन्ध गरेका हुन् ।

अक्सनमा सबै फ्रेन्चाइज  टोलीले क्याटेगोरी 'ए'बाट एक तथा क्याटेगोरी 'बी' र 'सी'बाट समान ३/३ खेलाडी किनेका हुन् । सबै टोलीले यसअघिनै मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका थिए ।

लिग आगामी भदौ २० देखि २८ गतेसम्म हुँदैछ । पहिलो संस्करणको उपाधि कर्णाली यश्विशले जितेको थियो ।

कुन टोलीमा कुन खेलाडी ?

काठमाडौं स्पाइकर्स

मार्की खेलाडी: उषा भण्डारी
क्याटेगोरी ‘ए': कविता भट्ट
क्याटेगोरी ‘बी’: मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर

क्याटेगोरी ‘सी’: बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री

ललितपुर क्विन्स

मार्की खेलाडी: सलिना श्रेष्ठ
क्याटेगोरी ‘ए’: संगम महत्तो
क्याटेगोरी ‘बी’: ललिना बुढामगर, लक्ष्मी चन्द, सुनिता राई
क्याटेगोरी ‘सी’: निशा चौधरी, सृष्टि खड्गी, भावना डाँगी

पोखरा निन्जाज

मार्की खेलाडी: प्रगती नाथ
क्याटेगोरी ‘ए’: पुनम चन्द
क्याटेगोरी ‘बी’: मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा
क्याटेगोरी ‘सी’: अन्जिला प्रधान, निशा महर, भावना तामाङ

मधेश युनाइटेड 

मार्की खेलाडी: निरुता ठगुन्ना
क्याटेगोरी ‘ए’: आरती सुवेदी
क्याटेगोरी ‘बी’: कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट
क्याटेगोरी ‘सी’: बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना

लुम्बिनी लाभाज

मार्की खेलाडी: अरुणा शाही
क्याटेगोरी ‘ए’: कामना विष्ट
क्याटेगोरी ‘बी’: शान्तिकला तामाङ, एलिशा मानन्धर, जेनिशा विक
क्याटेगोरी ‘सी’: रोमा महतो, अनुशा चौधरी, रन्जना बोटे

कर्णाली यश्विस

मार्की खेलाडी: सुमित्रा रेग्मी
क्याटेगोरी ‘ए’: साफिया पुन
क्याटेगोरी ‘बी’: रश्मिता दुरा, जसना महतो, पूजा थारु
क्याटेगोरी ‘सी’: नेविका चौधरी, रेविका लामा, अलिशा भुजु
 

टिप्पणीहरू