कुलिङ पिरियड छेडखानी छानविन समितिको म्याद थप
निजामती सेवा विधेयकको कुलिङ पिरियड सम्बन्धी प्रावधानमा भएको त्रुटी छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद सात दिन थपिएको छ ।
सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभा बैठकमा समितिको म्याद थपका लागि गरेको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । कुलिङ पिरियडमा भएको छेडखानी छानविन गर्न साउत १३ गते २१ दिनको समयावधि दिएर समिति गठन भएको थियो।
तर, उक्त समय सकिन लागेकाले ७ दिन म्याद थपिएको हो । नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको समितिमा सांसदहरु सुशीला थिङ, ईश्वरी घर्ती, नारायणप्रसाद आचार्य, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य छन् ।
गठन भएको चार दिनसम्म समितिले काम अघि बढाउन सकेको थिएन । समितिको कार्याविधिमै ‘सभापति’ लेखिनुपर्नेमा ‘संयोजक’ लेखिएपछि सदस्यहरु उल्झनमा परेका थिए । सभामुख देवराज घिमिरेले ‘संयोजक’को ठाउँमा ‘सभापति’ कायम गर्दै सच्याइएकाे जानकारी सदनलाई गराएपछि बल्ल पहिलो बैठक बसेको थियो ।
टिप्पणीहरू