मेरो पार्टी सदस्यताबारे विवाद गर्नुपर्ने कारण छैन : विद्या भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा आबद्ध हुने योजनाअनुरुप विधिपूर्वक पार्टी सदस्यता नवीकरण गराएको स्पष्ट पार्नुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले सदस्यता खारेज गर्ने निर्णय गरेपछि आज पत्रकार सम्मेलन गर्दै उहाँले आफूलाई सदस्यताबाट वञ्चित गर्न नमिल्ने दाबी गर्नुभयो । सदस्यता नवीकरण गरेरै आफूले पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेको भण्डारीको भनाइ छ ।
‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ । मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्याए । यसकारण पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ’, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
सदस्यता नवीकरण भइसकेकाले विवादमा पार्नुपर्ने विषय नभएको भण्डारीले बताउनुभयो । उहाँले आफूमा पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति नभएको पनि दाबी गर्नुभएको छ ।
टिप्पणीहरू