बहादुरलाई हटाएर बागमतीमा बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा परेको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनीविरुद्ध बहुमत सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाउनेगरी २१ सांसदले हस्ताक्षर गरेर संसदीय दलको कार्यालयमा पत्र दर्ता गराएका हुन् । हाल प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । बहादुरलाई दलको नेताबाट हटाउन १९ सांसदको समर्थन भए पुग्छ ।

०७९ पुसमा भएको प्रदेश संसदीय दलको चुनावमा बहादुर २१ मतसहित दलको नेता निर्वाचित हुँदै मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनीसँग इन्द्रबहादुर पराजित भएका थिए । तर, अहिले उनै इन्द्रले २१ जना आफूतिर तानेपछि बहादुरको अल्पमतमा पर्ने भएका छन् ।
इन्द्रबहादुर पक्षका नेताहरुले केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर प्रदेशको आन्तरिक किचलो सुनाएका थिए । त्यतिबेला देउवाले दलको नेता फेर्न ‘ग्रिन सिग्नल’ दिएपछि नेताहरु गृहकार्यमा जितेका थिए ।
टिप्पणीहरू