प्रधानमन्त्रीको सामुन्ने पहिले उभिने होडले निम्त्याएको दुर्घटना
सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । भौतिक तथा पूर्वाधारमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह कार्कीको गाडी कैलालीको लम्कीमा एकआपसमा ठोक्किएर कच्याककुचुक भएको छ ।
सार्की सवार से. १ झ ३३० नम्बरको गाडीले पाल सवार बा.२ झ १४१९ गाडीलाई ठक्कर दिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
दुवै मन्त्री जानकी गाउँपालिका–९ स्थित कटासे जलविद्युत परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनजाने क्रममा दुर्घटना भएको हो । परियोजना उद्घाटनका लागि पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सामुन्ने को पहिले पुग्ने भन्ने होडबाजीले उक्त दुर्घटना भएको एमालेजनको अनुमान छ ।
टिप्पणीहरू