जनार्दनसँग कुरा मिलिसकेको प्रचण्डको दाबी
फाइल फाेटाे
समाजवादी मोर्चाले आगामी भदौ अन्तिम सातादेखि ‘समाजवादी अभियान’ चलाउने भएको छ । आज आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको मुख्यालयमा बसेको बैठकले जनताको निराशा चिर्न समाजवादको सिद्धान्तमा रहेर समायानुकूल कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकले मुलुक जटिल परिस्थितिमा पुगेको निष्कर्षसहित जनतामा जाने निर्णय गरेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । बैठकमा भएका छलफलबारे जानकारी दिदै उनले भने, ‘देश अप्रिय परिस्थितिमा पुगेको छ, डरलाग्दो ढंगले जनतामा निराशा छाएको छ, यी सबै कुरालाई प्राथमिकतामा राखेर देशभर समाजवादी दिशाको कार्यक्रम र अन्र्तक्रिया गर्ने कुरा भएको छ, यसमा सबै मिलेर अघि बढ्ने छलफल भयो ।’
त्यस्तै, फरक प्रसंगमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताउनुभएको छ । बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेका थिए, ‘जनार्दन शर्मासँगको लफडा चर्किंदै गएको हो ?’ जवाफमा उनले प्रचार गरिएजस्तो केही नरहेको बताए । उनले भने, ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो ।’
टिप्पणीहरू