टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने
नेपालले अगामी वर्ष इङ्ग्ल्याण्ड वेल्समा आयोजना हुने टी-२० महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जनाएको हो ।
१० टोलीको सहभागिता रहने छनोट आगामी वर्ष १२ जनवरी देखि १६ फेब्रुअरीसम्म नेपालमा आयोजना हुने आईसीसीले जनाएको छ । प्रतियोगिताको खेल तालिका केही समयमै सार्वजनिक हुनेछ ।
ग्लोबल छनोटमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
छनोटमा सहभागी १० टोली मध्ये बंगलादेश र आयरल्याण्डले २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण छनोटमा स्वतः स्थान हासिल गरेका छन् भने एसिया छनोटबाट थाइल्याण्ड र नेपाल तथा अमेरिका क्षेत्रबाट अमेरिका रहेका छन् । यस्तै बाँकी पाँच स्थानहरू अफ्रिका र युरोपबाट दुई/दुई टोली र पूर्वी एसिया क्षेत्रबाट एक टोलीले स्थान बनाउने छन् ।
महिला विश्वकप १२ जुन देखि ५ जुलाई २०२६ सम्म इंग्ल्याण्ड र वेल्समा हुनेछ ।
टिप्पणीहरू