कार्यकर्तालाई क्याफेमा कुराएर देउवा निवास पुगे रेशम
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
बूढानिलकण्ठस्थित देउवा निवासमा आज बिहान दुई जनाको भेटवार्ता भएको हो । प्रथम राष्ट्रिय भेलाका सहभागीलाई कुराएर रेशम बूढानिलकण्ठ पुगेका थिए ।
जसका कारण ११ बजेदेखि हुने भनिएको भेला साढे १ बजे बल्ल शुरु भएको थियो । काठमाडौँको मध्य बानेश्वरस्थित सनराइज क्याफेको हलमा अहिले भेला जारी छ ।
रेशमले सामाजिक सञ्जालमा देउवासँग भेटेको तस्वीर सार्वजनिक गर्दै 'राजनैतिक महत्वपूर्ण छलफल' लेखेका छन् ।
नाउपा पछिल्लो समय रेशम र उनकी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठको गुटगत विवाद छ । भेलाले हिजो रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारवाही गरेको थियो ।
टिप्पणीहरू