विदेश भ्रमणकाे प्रस्ताव सँधै स्वीकृत
सरकारले पछिल्लाे मन्त्रिपरिषद् बैठकमार्फत एक मन्त्री र दुई सचिवकाे विदेश भ्रमण प्रस्ताव स्वीकृत गरेको छ। नियमितजस्तै देखिने यस्ता भ्रमणहरूबारे आलोचकहरूले योजनाको प्रभावकारिता र आवश्यकतामाथि प्रश्न उठाउने गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फ्रान्सको पेरिसमा आगामी भदौ २३ देखि २५ सम्म हुने ‘इन्टरनेशनल फोरम अन पम्प्ड स्टोरेज हाइड्रोपावर’ मा सहभागी हुन जाने अनुमति पाएका छन्। उता, गृहसचिव गोकर्णमणि दुवाडी साउन १३ देखि १५ सम्म थाइल्याण्डको बैंककमा हुने कार्यक्रमका लागि र कानून सचिव पाराश्वर ढुंगाना भदौ २ देखि १३ सम्म न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको BBNJ सम्बन्धी प्रिपरेटरी कमिशनको दोस्रो सत्रमा सहभागी हुने छन्।
सरकारले यस्ता भ्रमणहरूलाई आवश्यक र नियमित बताउँदै आएको छ। तर खर्च, परिणाम र अनुवर्ती कार्यान्वयनका सन्दर्भमा प्रष्टता नहुँदा यस्ता भ्रमणहरू ‘रुटिन रिट्रिट’ का रूपमा मात्र दोहोरिएको विश्लेषण हुँदै आएको छ।
टिप्पणीहरू