देउवाको ग्रिन सिग्नल

देउवाको ग्रिन सिग्नल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका पूर्व पदाधिकारीहरूले सोधिरहेका छन्— हाम्रो पार्टीको आगामी सभापति को हो ? 

देउवाले अर्को कार्यकाल आफू सभापति बन्दिन त भन्नुभयो । अब उहाँ सभापति नबन्ने भए को बन्ने त ? आगामी सभापति को भन्ने थाहा नभएर कांग्रेसमा छट्पटी छ । (एमालेमा चाहिँ आगामी अध्यक्ष यो भन्ने थाहा भएर छट्पटी छ ।)

त्यही भएर पूर्व पदाधिकारीहरू उहाँको घरमै गएर सोधिरहेका छन्– सभापतिका रुपमा तपाइँले कसैलाई ‘ग्रिन सिग्नल’ दिनुभएको छ कि ?

देउवाले भन्नुभयो– कसैलाई दिएको छैन । 

नेताहरू ढुक्क भए । ग्रिन सिग्नल कसैलाई दिइएको रहेनछ । तर उहाँहरूलाई थाहा भएन– देउवाले ग्रिन सिग्नल अरुलाई होइन आफैलाई दिनुभएको छ । कसैलाई दिएको छैन भनेको त अरुलाई पो दिएको छैन भनेको हो । आफैलाई दिएको छैन भनेको त होइन । ख्वै कुरा बुझ्या ? 
 

टिप्पणीहरू