रोनाल्डोको ह्याट्रिकमा अल  नासरको सहज जित

रोनाल्डोको ह्याट्रिकमा अल  नासरको सहज जित

पोर्चुगिज भेट्रान खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा साउदी क्लब अल नासरले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा अल नासरले रियो एभलाई ४-० गोलले हराएको हो । 

इस्टाडियो डो अल्गार्भेमा भएको खेलमा अल नासरलाई जित दिलाउन रोनाल्डोले ह्याट्रिक पूरा गर्दा मोहमद सिमाकनले एक गोल गरे । खेलको १५ औँ मिनेटमा सिमाकनले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए । ६३ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अगाडि बढाएका थिए । 

यस्तै ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर अल नासरलाई ४-० गोलको जित दिलाएका हुन् ।

अल नासरले १९ अगस्टमा अल इत्तिहादसँग साउदी सुपर कपको सेमिफाइनल खेल खेल्दैछ । 

टिप्पणीहरू