ताप्लेजुङमा धरहरा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, स्थित तोक्पेगोला क्षेत्रमा केञ्जो फूलले ढकमक्क भएको छ ।
समुद्र सतहदेखि करिब ४२ सय मिटरको उचाइमा फूल्ने दुर्लभ केञ्जो फूललाई स्थानीय भाषामा पदमचाल भनिन्छ । उच्च भूभागमा फूल्ने केञ्जो ढकमक्क हुँदा घुमघाम गर्नेलाई झनै मोहित बनाएको देखिन्छ ।
यसलाई फूलहरूको रानी पदमचाल (केन्जो) भनिन्छ । उक्त फूललाई झट्ट हेर्दा जो कोहीको मानसपटलमा काठमाडौंमा ठडिएको धरहराको झल्को आउने गर्छ ।
धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ । हिमाली क्षेत्रमा उच्च डाँडा तथा पहरामा सेताम्य भएर केन्जो फूलले जो–कोहीलाई पनि लोभ्याउँछ । औषधीय गुणले भरिपूर्ण केन्जो लेकाली चौर र अग्ला डाँडामा निकै आकर्षक देखिन्छ ।
टिप्पणीहरू