विप्लवहरु भदौ लागेपछि जुट्ने तयारीमा

विप्लवहरु भदौ लागेपछि जुट्ने तयारीमा फाइल फाेटाे

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाएको छ । ती बैठक क्रमशः आगामी भदौ १४, १८ र २२ गते बस्ने जनाइएकोछ । 

पार्टीका सबै बैठक कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रस्ताव तत्काल होल्डमा राखिएको र ती बैठकबाट महत्वपूर्ण निर्णय हुने छ । एकताको विषयमा स्थायी समिति र पोलिटब्युरो बैठकमा गहन छलफल हुनेछ भने केन्द्रीय समितिले औपचारिक निर्णय गर्ने उनले जानकारी दिए ।

पार्टीभित्र केही नेताले तत्काल माओवादी केन्द्रमा समाहित हुनुपर्ने धारणा राखेका छन् । कतिपयले एकता प्रक्रियामा ढिलाइ गर्नुपर्ने धारणा अघि सारेको बताइन्छ ।
 

टिप्पणीहरू