ताप्लेजुङ गोल्डकपमा आज फिदिम पराजित, सलहेश विजयी

ताप्लेजुङ गोल्डकपमा आज फिदिम पराजित, सलहेश विजयी

अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आज फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० ले हराउँदै सलहेश युवा क्लब सिरहा विजयी भएको छ ।

खेलको पहिलो हाफसम्ममा सलहेशले ४ गोल गरिसकेको थियो, जसमा तेस्रो गोल फिदिमको आत्मघाती गोल थियो। मध्यान्तरपछि थप २ गोल गर्दै सलहेशले कुल ६ गोल पुर्यायो । गत वर्षको उपविजेता सलहेश यसपटक पनि राम्रो तयारीका साथ मैदानमा आएको जनाएको छ ।

भोलि (साउन २८ गते, बुधबार) देखि सेमिफाइनल खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेल द यंग ब्रदर्स क्लब इटहरी (सुनसरी) र चर्च ब्वाइज क्लब ललितपुर बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल साउन २९ गते (बिहीबार) रेड स्टार फुटबल क्लब झापा र सलहेश युवा क्लब सिरहा बीच हुनेछ । 

दर्शकहरूका अनुसार अबका तीन खेलहरू निकै रोचक हुने अपेक्षा गरिएको छ।

टिप्पणीहरू