हिजो घोषणा, आज राजीनामा
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले आज औपचारिक रुपमा पदबाट राजीनामा दिएका छन् । हिजो प्रतिनिधि सभाको बैठकमा बोल्दै पदबाट राजीनामा घोषणा गरेका उनले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
आजको मितिबाट लागू हुनेगरी राजीनामा दिएको पत्रमा उल्लेख छ । भनिएको छ,‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधि सभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरेबमोजिम आजैबाट लागू हुनेगरी समितिको सभापति पदबाट राजीनामा गरेको व्यहोरा अनुरोध गर्दछु ।’
संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको छेडखानी अनुसन्धान गर्न गठित विशेष छानबिन समितिले सभापति खतिवडालाई नैतिक जिम्मेवार ठहर्याउँदै प्रतिवेदन तयार पारेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो । हिजो संसदमा बोल्न समय मागेका उनले राजीनामाको घोषणा गरेका हुन् ।
टिप्पणीहरू