पीएसजीलाई सुपर कपको उपाधि
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन९पीएसजी०ले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब टोटेन्हाम हट्स्परलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा पीएसजीले बाजी मारेको हो । पीएसजीको लागि गोन्सालो रामोस, ओसुमाने डेम्बेले, कांग-इन ली र नुनो मेन्डेसले गोल गर्दा विटिन्हा असफल भएका थिए । टोटेन्हामको लागि डोमिनिक सोलान्के, रोद्रिगो बेन्टान्चुर र पेद्रो पोरोले गोल गर्दा मिकी भान डेन भेन र म्याथुस टेल चुके ।
यसअघि ब्लुइनर्जी स्टेडियममा भएको खेलमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेन्हाम उपाधिबाट बन्चित भएको हो । निर्धारित समयको अन्तिम १० मिनेटमा पीएसजीले शानदार पुनरागमन गर्दै दुई गोल गरेको हो । पहिलो हाफको ३९ औँ मिनेटमा मिकी भान डे भेनले गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४८ औँ मिनेटमा क्रिस्टेन रोमेरोले गोल गर्दै इंग्लिस क्लबलाई २-० गोलको अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा कांग इन लिले गोल गर्दै पीएसजीलाई २-१ गोलको स्थितिमा ल्याए । यस्तै इन्जुरी समयको चौथो मिनेटमा डेम्बेलेको क्रसमा रामोसले हेडर गोल गर्दै पीएसजीलाई पेनाल्टी सुटआउटसम्म डोर्याएका थिए ।
यससँगै पीएसजीले पहिलोपटक सुपर कपको उपाधि जितेको हो ।
टिप्पणीहरू