महिला लिगमा छहारी र संकटाको विजयी शुरूवात

महिला लिगमा छहारी र संकटाको विजयी शुरूवात

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा महिला लिग छनोटमा छहारी युवा क्लब र संकटा फूटबल क्लब विजयी भएका छन् । बिहीबार दिउँसो भएको उद्धाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३-० गोलले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा छहारीले दुई गोल र दोस्रो हाफमा एक गोल गरेको हो । 

वर्षाले प्रभावित हुँदा खेल करिब ३० मिनेट रोकिएको थियो । यस्तै आजै भएको दोस्रो खेलमा संकटा फूटबल क्लबले नेपाल खेलकुद क्लबलाई १-० गोलले हराएको हो । जितसँगै छहारी र संकटाले तीन/तीन अंक जोडेका छन् ।
अब भोली हुने खेलमा राप्ती एफसी र आरबी रिसोर्ट एण्ड बीच फूटबल क्लब तथा बुटवल लुम्बिनी एफसी र लम्की फूटबल एण्ड ट्रेनिङ सेन्टर भिड्नेछन् ।

विभिन्न १४ टोलीको सहभागिता रहेको छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछन् । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एण्ड बिच फुटबल तथा एफसी रियल छन् ।

यस्तै समूह ‘बी’मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

टिप्पणीहरू