टप इन्ड टी-२० मा आज नेपाल र एनटी स्ट्राइक्स भिड्दै

टप इन्ड टी-२० मा आज नेपाल र एनटी स्ट्राइक्स भिड्दै

अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप इन्ड टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने आफ्नो पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइक्सविरुद्ध खेल्दैछ डार्विनमा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे शुरु हुनेछ ।

नेपालले पहिलोपटक टप इन्ड टी-२० मा सहभागिता जनाउन लागेको हो । त्यसैले नेपाल आज डेब्यु खेलमै जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले उक्त प्रतियोगितामा सहभागिता जनाएको हो । 

प्रतियोगितामा नेपालले कुल ६ खेल खेल्ने छ । नेपालले दोस्रो खेल १६ अगस्टमा बंगलादेश 'ए', १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबर्ट हुरिकेन्स, २० अगस्टमा मेलबर्न रेनेगडेस र २२ अगस्टमा पाकिस्तान शहिन्ससँग खेल्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुवर्ड लले यसअघिनै रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए । नेपाली टोलीमा कप्तान पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र अहाब आलम रहेका छन्

टिप्पणीहरू