प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।         

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका उनले केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भेटवार्ता गरेका हुन् । 

प्रधानमन्त्री ओलीको भदौ ३१ मा प्रस्तावित दिल्ली भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गर्न आएका मिश्रीले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने कार्यतालिका छ।

अपराह्न परराष्ट्रमन्त्री डा.आरजू राणा देउवासँग भेटेपछि उनको सम्मानमा मन्त्रालयका सचिव अमृतबहादुर राईको तर्फबाट साँझ रात्रिभोजको आयोजना गरिँदैछ ।

टिप्पणीहरू