‘रास्वपा अस्थायी, खहरेको बाढीझैं हराउँछ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीति अस्थायी भएको दाबी गर्नुभएको छ । उहाँले रास्वपाको उदयलाई बर्खामा आउने खहरेबाढीसँग तुलना गर्दै भन्नुभएको छ, ‘एउटा बर्खा नसकिँदै खहरे सुक्छ, अनि कमिला हिँड्न थाल्छ, रास्वपा पनि त्यस्तै हराउँदै जानेछ ।’
नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार आगामी चुनावसम्म निरन्तर रहने दाबी गर्नुभयो । सरकार ढल्छ भन्ने कल्पना मात्र भएको उल्लेख गर्दै भन्नुभयो, ‘दुई ठूला दलले मुलुकलाई स्थायित्व दिनेछ ।’
टिप्पणीहरू