गौर नरसंहारको अनुसन्धानमा तानिँदै उपेन्द्र यादव
सर्वोच्च अदालतले १८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि बढाउन नेपाल प्रहरी र गृह मन्त्रालयलाई आदेश दिएको छ । मानव अधिकार आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउन सिफारिस गरेको सन्दर्भमा अदालतबाट पछिल्लो आदेश भएको छ ।
उक्त नरसंहारमा माओवादीका २७ कार्यकर्ता मारिएका र एक सयभन्दा बढी घाइते भएका थिए । सर्वोच्चको आदेशपछि अनुसन्धानको दायरामा यादव परेका हुन् । यसअघि आयोगले घटनामा यादवको भूमिका उल्लेख गर्दै उनीमाथि अनुसन्धान र दोषी ठहर भए मुद्दा चलाउन सिफारिस गरेको थियो ।
अदालतको आदेशपछि अनुसन्धान अधिकारीले आवश्यक प्रक्रिया अघि बढाउन र आवश्यक परे यादवलगायत सशंकित सबैलाई पक्राउ गर्न सकिने अवस्था उत्पन्न भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो ।
टिप्पणीहरू