जनअसन्तुष्टिमा सरकारले मट्टीतेल खन्याएको काँग्रेसको आरोप
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘पुराना दल सबै खराब’ भन्ने गलत भाष्य सिर्जना गरिएकोमा आपत्ति जनाउनुभएको छ । पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँले स्वार्थ समूहले समाजलाई दिग्भ्रमित तुल्याउने काम गरिरहेको आरोप लगाउनुभयो ।
‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने नकारात्मक भाष्य निर्माण गरिएको छ । यत्रो वर्ष हामीले गरेको के हो त ?’, देउवाले प्रश्न गर्नुभयो । तर जनतामा निराशाको आगो बलिरहेको र सरकारले त्यसमा मट्टीतेल खन्याउने काम गरिरहेको आरोप पार्टी महामन्त्री गगन थापाको छ ।
‘असन्तुष्टिको आगोमा मट्टीतेल खन्याउने काम भइरहेको छ, हामीले नोटिसमा लिएका छौँ’, थापाको भनाई छ । जनतामा बलिरहेको असन्तुष्टिको आगो निभाउने जिम्मेवारी कांग्रेसकै भएको भन्दै त्यसतर्फ पार्टी एकजुट भएर लाग्ने आवश्यकता औंल्याइएको छ ।
टिप्पणीहरू