अनुदानको मल बिक्री गरेपछि नयाँ जुक्ति
सरकारले अनुदानको मल वितरण तथा व्यवस्थापनसम्बन्धी नयाँ कार्यविधि ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको मल वितरण व्यवस्थापनसम्बन्धी २०७७ सालको निर्देशिका खारेज गर्दै नयाँ कार्यविधि जारी गरेको हो ।
कृषकलाई अनुदानमा उपलब्ध गराइने रासायनिक मलको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरेर सो कार्यविधि ल्याएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कार्यविधि कार्यान्वयनका निम्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहलाई निर्देशनसमेत दिएको छ । सामान्य प्रशासन मन्त्रालयले आज सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ कार्यान्वयनका निम्ति निर्देश गरेको छ ।
टिप्पणीहरू