महिला नेत्रीहरुलाई पूर्व राष्ट्रपतिले दर खुवाउँदै
पूर्वराष्ट्रपति तथा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीका महिला नेताहरूलाई एकै ठाउँमा भेला गरेर तीजको दर खुवाउने तयारी गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रतिवन्ध लगाए पनि सक्रिय राजनीतिमा फर्किने निर्णयबाट पछि नहट्ने निश्कर्षमा पुग्नुभएकी उहाँले भदौ ६ गते शुक्रबार साँझ निजी निवास भंगालमा दर खाने कार्यक्रम राख्नुभएको बुझिएको छ । एमालेका महिला सांसद र केन्द्रीय सदस्य सबैलाई निम्तो पठाइसकेको उहाँनिकट स्रोतले जानकारी दिएको छ ।
कतिपय कमरेडलाई आफैँले फोन गर्नुभएकी विद्याले केहीलाई भने सचिवालयमार्फत खबर पठाएको बताइएको छ । सात वर्ष राष्ट्रपति हुँदा पनि उहाँले एमाले नेतृहरूलाई शीतल निवास बोलाएर दर खुवाउने गर्नुभएको थियो । राष्ट्रपतिबाट अवकाशपछि पनि उक्त परम्परा कायम राख्नुभएको छ ।
पार्टी अध्यक्षले भेट्नसमेत रोक लगाएको अवस्थामा दर खानका लागि भंगाल जाने महिला कमरेडहरूको सूची कस्तो बन्ला भन्ने चासो एमालेवृत्तमा देखिन्छ ।
अहिले गृह प्रदेशको यात्रामा रहेकी पूर्वराष्ट्रपतिले सबैलाई निम्तो पठाएको भए पनि पार्टी अध्यक्षले भेट्नसमेत रोक लगाएको अवस्थामा दर खानका लागि भंगाल जाने महिला कमरेडहरूको सूची कस्तो बन्ला भन्ने चासो एमालेवृत्तमा देखिन्छ ।
त्यसको अघिल्लो दिन बिहीबार पूर्वराष्ट्रपतिको सम्पर्क कार्यालय उद्धघाटन हुँदैछ । नयाँ बानेश्वरको थापागाउँस्थित चार तले घरमा कार्यालय राख्नेगरी विद्याले तयारी अघि बढाएकोमा ५ गते ५ गते दिउँसो २ बजे औपचारिक उद्धघाटन गरिने भएको हो ।
२०४८ सालमा तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीले चुनाव प्रचार प्रसारका लागि प्रयोग गरेको उक्त घर विदुर मैनालीको हो । मदनको निधनपछि ०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँ-१ बाट उम्मेदवार रहेकी विद्याको चुनाव प्रचार पनि यही घरबाट गरिएको थियो ।
विद्याले ३१ वर्षपछि फेरि यहीँबाट राजनीतिक गतिविधि अघि बढाउने अठोट गरेता पनि औपचारिक रूपमा भने मदन भण्डारी फाउन्डेसनको नामबाट कार्यालय सन्चालन गरिनेछ ।
टिप्पणीहरू