एमाले बैठक अचानक स्थगित
फाइल तस्बिर
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चार दिनअघि स्थगित गरिएको छ । विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्न आगामी शुक्रबार बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाइएको छ ।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘अभिवादन, यहि भाद्र १३ को लागि पूर्वसूचित केन्द्रीय कमिटीको बैठक स्थगित भएको अनुरोध गर्दछु ।’
एमालेको दोस्रो विधान महाधिवेशन यहि भदौ २० देखि २२ गतेका लागि तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन आगामी शुक्रबार बोलाइएको बैठक आज एकाएक रोकिएको हो ।
टिप्पणीहरू