मुख्यमन्त्री र सिडियो कार्यालय बाहिर पत्रकारहरुको धर्ना
‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिको नेतृत्वमा आज प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् ।
प्रदेश सरकारले ल्याएको उक्त विधेयकमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान भएकाले खारेज गर्नुपर्ने धर्नारत पत्रकारहरुको माग छ ।
उनीहरुले ‘विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर’, ‘प्रेसमाथिको नियन्त्रण बन्द गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘पत्रकार तर्साउने प्रयास बन्द गर’, लगायत लेखिएका प्लेकार्डसमेत बोकेका छन् ।
टिप्पणीहरू