माइतीघरमा युवराजको हस्ताक्षर अभियान

माइतीघरमा युवराजको हस्ताक्षर अभियान

नेपाली भूमि लिपुलेकमा व्यापारिक मार्ग खोल्ने चीन र भारतको सहमतिविरुद्ध हस्ताक्षर अभियान शुरु भएको छ । 

आफूलाई देशभक्त राष्ट्रवादी स्वतन्त्र नागरिक भन्दै आएका सिन्धुलीका युवराज पौडेल 'सफल' को अगुवाइमा अभियान थालिएको हो । आज पहिलो दिन उनीसहित ५ जनाले माइतीघर मण्डलाको विस्तारिक सडक खण्डमा उभिएर हस्ताक्षर संकलन गरेका छन् ।  

नेपालको जानकारी र सहमतिविना लिपुलेकमा चीन र भारतले गरेको उक्त सम्झौताको चौतर्फी विरोध भैरहेको छ । विभिन्न राजनीतिक दलका भात्री संगठन र अन्य सरोकारवालाहरूले सडक प्रदर्शन गरिरहेका छन् । 

यसबीच आफूलाई चित्त नबुझेका कुरामा उजुरी हाल्दै हिँड्ने युवराज पनि तातेका हुन् ।

टिप्पणीहरू