प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग डिनर गर्ने

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग डिनर गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग डिनर गर्नुहुने भएको छ । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन भोलि तियान्जिन जान लाग्नुभएका उहाँ आफैँले यो कुरा भन्नुभएको हो । 

भ्रमणबारे सदनलाई जानकारी गराउनेक्रममा भन्नुभयो- ‘चीनका महामहिम राष्ट्रपति र उपराष्ट्रपतिले आयोजना गर्ने छुट्टाछुट्टै रात्रीभोजमा म सहभागी हुनेछु । त्यसपछि तियान्जिनबाट म सिधै बेइजिङ जानेछु ।’ 

बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध तथा विश्व फासीवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव समारोहमा नेपाली प्रतिनिधिमण्डले पनि सहभागी जनाउनेछ ।

‘५० भन्दा बढी देशले सहिभागिता जनाउने उक्त समारोहमा नेपाली प्रतिनिधिमण्डल पनि उपस्थित हुनेछ’, भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिंदै ओलीले भन्नुभयो । 

ओली नेतृत्वको प्रतिनिधिमण्डल भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

टिप्पणीहरू