पार्टी कार्यालय नजिकैको भेलामा झलनाथ र घनश्याम
फाइल फोटो
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका नेताहरु छलफलमा जुटेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष माधव नेपालसँगको सम्बन्ध चिसिँदै गएको चर्चा चलिरहेकै बेला उनीहरु बानेश्वर क्याम्पसमा भेला भएका हुन् ।
यसअघि नेताहरु आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयभित्रै बैठक बस्दै आए पनि आज भने झलनाथ–घनश्यामले आफू पक्षका नेताहरुलाई छुट्टै ठाउँमा बोलाएका हुन् । यद्यपि, महासचिव भुसालले यसलाई अनौपचारिक छलफल मात्रै भनेका छन् ।
भेलामा उपाध्यक्ष जयन्ती राई, उपमहासचिव गरिमा शाह, स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल, केन्द्रीय सदस्य सुशील भट्टराई, जीवनराम श्रेष्ठलसहित दुइ दर्जन नेताहरु सहभागी रहेको बताइएको छ ।
पार्टी कार्यालय नजिकै हुँदाहुँदै यसरी छुट्टै ठाउँमा बैठक आयोजना गरिनुले आन्तरिक द्वन्द्व थप चर्किन सक्ने कतिपयको अनुमान छ ।
टिप्पणीहरू