डिनरमा ओली–मोदी जम्काभेट

डिनरमा ओली–मोदी जम्काभेट

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच जम्काभेट भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्नुभएको रात्रिभोजमा दुई जनाबीच उभिएरै कुराकानी भएको छ । 

भेटपछि भारतीय प्रधानमन्त्रीले एक्स (ट्वीटर)मा ओलीसँग खिचिएको तस्बीर सेयर गर्दै नेपाल–भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताउनुभएको छ । मोदीले भन्नुभएको छ, ‘थिएन्चिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट हुन पाउँदा धेरै खुशी लागेको छ, दुई देशको सम्बन्ध सधैँ गहिरो र विशेष छ ।’

पछिल्लो समय नेपाल–भारतको सीमा विवाद सतहमा आइरहँदा ओली र मोदीको भेटलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रुपले हेरेको छ । 

त्यसअघि प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यको चिनियाँ राष्ट्रपति सी दम्पतीसँग दम्पतीसँग भेटवार्ता भएको थियो । रात्रिभोजमा सरिक सांघाई सहयोग संगठनका सदस्य मुलुकका कार्यकारी प्रमुखहरुलाई चिनियाँ राष्ट्रपति दम्पतीले स्वागत गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भोलि साँझ भेट गर्ने कार्यक्रम तय भएको छ ।

टिप्पणीहरू