चौथी टी-२० मा नेपाल 'ए' पराजित

चौथी टी-२० मा नेपाल 'ए' पराजित

भारत भ्रमणमा रहेको नेपाल 'ए'ले टी-२० सिरिजको चौथो खेलमा हार बेहोरेको छ । आइतबार बेलुकी सम्पन्न खेलमा नेपाल 'ए' आसामसँग १८ रनले पराजित भएको हो । 

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५६ रनमात्र बनाउन सक्यो । नेपालको लागि कप्तान अनिल शाहले अर्धसतकसहित ६७ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इशान पाण्डेले २८ रन बनाउँदा सन्दीप जोरा, मलाम र शेर मल्लले समान ११/११ रन बनाए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।बिहीबारबाट शुरू भएको सिरिजको पहिलो खेलमा नेपाल डकवर्थ लुइस पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो ।अब नेपालले पाँचौं तथा निर्णायक खेल भोलि सोमबार खेल्नेछ ।

टिप्पणीहरू