एएफसी यु-२३ एसियन कप छनोटमा नेपाल पराजित
एएफसी यु–२३ एसियन कप छनोट अन्तर्गत भएको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार राति भएको खेलमा नेपाल ताजिकिस्तानसँग ४-० गोलले पराजित भएको हो ।
ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको खेलमा ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक/एक गोल गरे ।
जितसँगै ताजिकिस्तानले समूह 'के'मा तीन अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा शनिबार सिरियाको सामना गर्नेछ । बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको हो ।
टिप्पणीहरू