भित्र ओली बोल्ने, बाहिर विद्याको पत्र खोल्ने
नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुल्न थालेका छन् । महाधिवेशनस्थलमा भण्डारीको पत्र बाँडिएको छ ।
ललितपुरको गोदावारीस्थित सनराइज हलमा महाधिवेशन उद्धघाटन सत्र शुरु भैसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्दै महाधिवेशनमा भण्डारीको सदस्यताबारे कुनै छलफल नहुने बताइरहँदा हलबाहिर भने कतिपय प्रतिनिधिहरुले पत्र बाँडेका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनको पूर्वसन्ध्यामा हिजो साँझ प्रतिनिधिहरुलाई सम्बोधन गर्दै एक पत्र सार्वजनिक गर्नुभएको थियो । पत्रमा उहाँले भन्नुभएको छ, ‘पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’
तस्बिरहरु





टिप्पणीहरू