जेन–जीको घेरामा सशस्त्र प्रहरीको गाडी
जेन–जी आन्दोलनका अगुवाहरूले युवालाई घर फर्किन आह्वान गरे पनि बानेश्वरको थापागाउँमा भने स्थिति तनावपूर्ण बनेको छ । युवाहरूले सशस्त्र प्रहरीका तीन वटा गाडीलाई घेरा हालेपछि अवस्था थप जटिल बनेको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यू आदेश जारी गरे पनि युवाहरूले सुरक्षाकर्मीलाई नै घेराबन्दीमा पारेका हुन् । घेराबन्दीमा परेका सशस्त्रका गाडी र त्यहाँ रहेका सुरक्षाकर्मीलाई उद्धार गर्न नेपाली सेनाका तीन र सशस्त्रकै थप दुई गाडी पठाइएको हो । तर, युवाहरूले ती गाडीलाई पनि रोक्ने प्रयास गरेको बताइन्छ ।
उता संसद भवन परिसरमा व्यापक रूपमा सेना परिचालन गरिएको छ ।
टिप्पणीहरू