ओली सरकार संकटमा, बूढानीलकण्ठमा गम्भीर छलफल

ओली सरकार संकटमा, बूढानीलकण्ठमा गम्भीर छलफल

जेन जी समूहको आजको आन्दोलनमा उत्पन्न कहालीलाग्दो अवस्थाका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अप्ठेरोमा परेको छ । हालसम्म १५ जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यता,नेपाली काँग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् । सामाजिक सञ्जालमार्फत उनले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने धारणा राखेका छन् । 

यता,मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केन्द्रीय पदाधिकारीहरुको बैठक बस्दैछ । आजको दुःखद घटनामा प्रहरी र गृहमन्त्री रमेश लेखकलाई बढी जिम्मेवार देखाउन थालिएको छ ।

आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद्को बैठक राखिएको छ । जेन जी समूहको आन्दोलनमा भएको गोली प्रहार र धेरैको हताहतीबारे त्यसअघि काँग्रेस नेतृत्व र प्रधानमन्त्री ओलीबीच छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू