फर्सिडोलमा दुई किशोरको शव
ललितपुरको फर्सिडोलमा दुई जनाको शव फेला परेको छ । ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाको बीचमा पर्ने डुकुचा बसपार्कनजिकै दुई जनाको शव भेटिएको हो । दुवै जना १८ देखि २० वर्षका किशोर रहेको स्रोतले बताएको छ ।
शव भेटिएको सूचनासँगै प्रहरी घटनास्थल पुगेको छ । ‘त्यहाँ दुई जनाको शव भेटिएको छ । फर्सिडोलको प्रहरी घटनास्थलतर्फ गएको छ’,स्रोतले भन्यो । यता, जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी चक्रराज जोशीले शव नभेटिएको बताए । ‘हामीले शव भेटेका छैनौं’,जनआस्थासँग उनले भने ।
हिजो भएको जेनेरेशन जेड अर्थात ‘जेन जी’ को आन्दोलनमा दुई दर्जनको मृत्यु र झण्डै पाँच सय घाइते भएका छन् । त्यसैगरी, सो आन्दोलनमा पूर्वकर्णेल माधवकुमार खड्काका २५ वर्षीय छोरा साम्राज्यबहादुर खड्कासहित धेरै बेपत्ता भएका छन् ।
टिप्पणीहरू