बल्खु पुग्यो सेना, झापामा पछि हट्यो प्रहरी

बल्खु पुग्यो सेना, झापामा पछि हट्यो प्रहरी

युवाहरुले बिहानैदेखि आन्दोलन चर्काएपछि काठमाडौंको बल्खुमा सेना परिचालन गरिएको छ । कलंकीमा प्रदर्शनको क्रममा झडप भएपछि युवाहरु बल्खु पुगेर प्रदर्शन गरेका हुन् । त्यहाँ पनि प्रहरीसँग झडप भएपछि उनीहरुले टायर बालेर नाराबाजी गरेपछि त्यहाँ सेना खटाइएको छ । 

उता प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको बिर्तामोडमा प्रहरीले आत्मसमर्पण गरेको छ । हिजोको झडपमा प्रहरीको गोली लागेर तीन जना घाइते भएका थिए । आज बिहानै युवाहरु ठूलो संख्यामा भेला भएर प्रदर्शन गरेपछि प्रहरीलाई भीड नियन्त्रणमा लिन कठिनाई भएको थियो । त्यसपछि प्रहरी पछाडि हटेको बताइन्छ ।

टिप्पणीहरू