आन्दोलन समर्थनमा अनिश्चितकालीन यातायात बन्द
देशव्यापी रुपमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरको यातायात बन्द भएको जानकारी गराएको छ ।
महासंघले जेनजी आन्दोलनमा सरकारले गरेको दमनको भत्र्सना गर्दै उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायात बन्दको घोषणा गरेको हो ।
आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासंघका सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न अनुरोध गरिएको छ ।
टिप्पणीहरू