श्रीमानहरुलाई छानीछानी हान्न वकिलको सर्कुलर
अमेरिकाको मिचिगन बिश्वविध्यालयबाट कानुन विषयमा उच्च शिक्षा हासिल गरेर भर्खर फर्केका रास्वपा नेता सुलभ खरेल स्वयम् तोडफोड र आगजनीमा संलग्न भएको ‘प्रमाण’ बाहिरिएको छ । अर्को महिना रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा घण्टीबाट टिकटको दावेदार रहेका वकिल खरेलले सबै जना न्यायाधीश र राष्ट्र बैंकका गभर्नरकोलाई टार्गेट बनाउन whatsapp मार्फत सन्देश जारी गरेका थिए ।
खरेललाई हिजो सर्वोच्च अदालत तोडफोडमा संलग्न भएको जनाउँदै वरिष्ठ अधिवक्ता माधव बस्नेतले लेखेको लामो लेख आज बिहान जनआस्थामा प्रकाशित छ । ह्वाट्स्एप म्यासेजमा उनले ‘भोलि राष्ट्र बैंकको गभर्नरकोमा जानुपर्छ’ भनेर उक्साएको देखिन्छ । चार्ल्स भन्नेसँग भएको च्याटमा जवाफमा ‘ग्लोबल कलेजको कोही छौ ?’ भनेर सोधिएको छ । सुलभले त्यसपछि लेखेका छन्, ‘अनि सब न्यायाधीशकोमा ।’नभन्दै राति ग्लोबल कलेजमा आक्रमण भएको छ ।
ह्वाट्स्एप म्यासेजमा उनले ‘भोलि राष्ट्र बैंकको गभर्नरकोमा जानुपर्छ’ भनेर उक्साएको देखिन्छ । चार्ल्स भन्नेसँग भएको च्याटमा जवाफमा ‘ग्लोबल कलेजको कोही छौ ?’ भनेर सोधिएको छ । सुलभले त्यसपछि लेखेका छन्, ‘अनि सब न्यायाधीशकोमा ।’नभन्दै राति ग्लोबल कलेजमा आक्रमण भएको छ ।
काठमाडौंमा कानुनको विद्यार्थी छँदा उनी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईकोमा काम गर्थे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको मुुद्दामा बहस गर्न नाम टिपाएपछि उनलाई कानुनको विद्यार्थीका नाताले बोल्ने कुरा लिखितमा पेश गर्न इजलासले आदेश दिएको थियो । त्यसपछि उनी अमेरिकाको मिसिगनमा अध्ययन गर्न गएको निकटस्थहरु बताउँछन् ।
मिसिगन युनिभर्सिटीबाट फर्केपछि उनले रुपन्देहीको टिकटका लागि मरिहत्ते गरेका थिए । फेसबुकमा टिकटका लागि गरेको रोइलो रोचक थियो । ह्वाट्सएप म्यासेजबारे थप जानकारीका लागि उनीसँग जनआस्थाले गरेको सम्पर्क प्रयास सफल हुन सकेन ।
समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका खरेलले उक्त ह्वाट्सएअप आफ्नो नभएको बताए । हाँस्दै हाँस्दै उनले भने, ‘समाचार बनाउन लेखिहाल्नु भएछ, तर त्यो ह्वाट्सएप मेसेज मेरो होइन ।’
टिप्पणीहरू