रेशम र रञ्जिताको अब आ-आफ्नै दल

रेशम र रञ्जिताको अब आ-आफ्नै दल

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्ष रेशमलाल चौधरीले नयाँ पार्टी खोल्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् नाउपा नेपालको घोषणा गरेका हुन् । 

पत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग लामाे समयदेखि चल्दै आएको विवादलाई पूर्णविराम दिदै रेशमले छुट्टै पार्टी निर्माण गरेर अघि बढ्ने बताएका छन् । उनले आफू निकटका नेताहरुलाई सम्पर्कमा रहन र आवश्यक कागजात तयारी अवस्थामा राख्न पनि सन्देश जारी गरेका छन् ।  

‘नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित जो आयोगमा अद्यावधिक ह्नुनुभएको थिएन,उहाँहरूलाई सोही पदमा राखिने जानकारी गराउँदछु’, रेशमले भनेका छन्, ‘सम्पर्कमा रहन र आवश्यक कागजात तयारी अवस्थामा राख्नहुन अनुरोध गर्दछु ।’

व्यक्तिगत अंहकारले पार्टीको मूल एजेण्डा नै ओझेलमा परेको र स्वार्थको भूमरीमा फसेको उनको विश्लेषण छ । आफैले विधान र विचार लेखेर स्थापना गरेकाे पार्टीभित्रका केही व्यक्तिहरुको घमण्डलाई जित्न नसकेपछि नयाँ दल खोल्ने निर्णयमा पुगेको जानकारी गराएका छन् । 

‘नागरिक उन्मुक्ति पार्टीका विधान मैले नै लेखेको हो, मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो, तर व्यक्तिगत अहंकालाई मैले जित्न सकिनँ’, रेशमले भने ।
 

टिप्पणीहरू