सुदन गुरुङको पछि लागे महेश बस्नेत

सुदन गुरुङको पछि लागे महेश बस्नेत

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जेन जी आन्दोलनको नेतृत्व गरेको दावी गर्दै हिँडेका "हामी नेपाल" एनजिओका सुदन गुरुङलाई विदेशी दलालको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै ओरिजिनल बाउको छोरा वा आमाको दूध खाएको भए आफूले बोलेको कुरा गरेर देखाउन चुनौती दिएका छन् ।

बस्नेतले मिसन प्रेरित पैसा कमाउनका लागि जेन जी आन्दोलनमा मिनरल वाटर बाँडेको आरोप लगाएका छन् । उनैले सन्दुक रुइतजस्ता इमान्दार व्यक्तिलाई बदनाम गरेको ठहर पनि गरेका छन् । हिजो दलका नेताहरुलाई घरमै थुन्ने धम्की दिएपछि बस्नेतले उनलाई विभिन्न आरोपसहित चेतावनी दिएका हुन् । 

लेखिएको छ, ‘यो केटो त ठूलो ठूलो कुरा गरेर दलका नेतालाई घरमै थुन्ने धम्की दिन पो थालेछ ! अरे ओरिजिनल बाउको छोरा हस् भने,आमाको दूध खाको छस् भने गरेर देखाऊ’ उनै बस्नेतले सुदनलाई कुनै हैसियत नभएको जनाउँदै लेखेका छन्,‘दलका नेता थुन्ने त के हाम्रो पछाडि लागेर झिँगा धपाउने हैसियत पनि छैन,बाबु तिम्रो !’

टिप्पणीहरू