खण्डहर सिंहदरबारमा भारतीय राजदूत
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज सिंहदरबार जानुभएको छ । उहाँ प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ताको लागि अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको थियो ।
गृह मन्त्रालयको नवनिर्मित भवनमा बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उहाँहरुबीच भएको कुराकानीबारे थप जानकारी दिइएको छैन । भदौ २४ गतेको जेन जीको ध्वंशपछि सिंहदरबार जलेर तहसनहस भएको छ ।
टिप्पणीहरू