उपत्यकामा प्रहरीका दुई सयबढी भवन र सवा सय सवारी साधन ध्वस्त
जेन–जीको विध्वंशको क्रममा काठमाडौं उपत्यकामा रहेका प्रहरीको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । क्षति पुगेका २१८ वटा भवनमध्ये १२२ वटा पूर्ण रूपमा जलेका छन् । ९६ वटामा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले प्रयोग गर्दै आएको १२१ वटा सवारी साधनमा आगजनी गरिएको छ । तीमध्ये ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् भने चार वटा गाडीमा आंशिक क्षति पुगेको छ।
दुई पांग्रे सवारीसाधन १५८ वटा पनि प्रदर्शनकारीहरूले जलाएका छन्। साइबर ब्यूरोका चार वटा गाडी, रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीका तीन वटा तथा राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा समेत आगजनी भएको बुझिएको छ ।
टिप्पणीहरू