जेन जीले कुटे पत्रकार
नेपाल पत्रकार महासंघले कोल्हवी डटकमका सम्पादक अशेष ढुंगानामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । भदौ २४ गते जेन–जी आन्दोलनमा समाचार संकलन गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो ।
महासंघले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘गत भदौ २४ गते जेन–जी समूहले बाराको कोल्हवीमा गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार ढुंगानालाई आन्दोलनकारीले आक्रमण गरेको महासंघ बारा शाखाले जनाएको छ । यो आक्रमणको महासंघ भत्र्सना गर्दछ’,विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, महासंघले पत्रकारको पेशाको सम्मान गर्न आग्रह गरेको छ ।
टिप्पणीहरू