त्रिपालमुनि सर्वोच्चको इजलास
जेनजी प्रदर्शनका क्रममा अराजक समूहले आगो लगाएपछि पूर्णरुपले ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा त्रिपाल टाँगेर दुई वटा अस्थायी इजलास तयार पारिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको छुट्टा–छुट्टै इजलासमा हाल बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भइरहेको छ । उपरजिष्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेका अनुसार, थप इजलास तयारीका लागि पाल टाँग्ने काम भइरहेको छ।
उनले जनआस्थासँग भने, ‘आइतबारबाटै सुनुवाइ सुरु गर्ने योजना थियो, तर सम्भव भएन। हिजो त्रिपाल टाँगेर दुई इजलास तयार पारियो र आज पनि सुनुवाइ जारी छ।’
टिप्पणीहरू